

बलिउड तथा नेपालका समेत सर्वाधिक लोकप्रिय गायक उदित नारायण झाका छोरा अर्थात होष्ट तथा गायक आदित्य नारायण झाले हिजो प्रेमिका स्वेता अग्रवालसँग विवाह गरेका छन् । आदित्यको विवाह निकै धुमधामसँग सम्पन्न भएको छ । विवाहमा मात्र ५० जनामात्र सहभागी भएका थिए ।
आदित्य विगत ११ बर्षदेखि स्वेताको प्रेममा थिए । दुवै परिवारको सहमतिमा आदित्य र स्वेताले लगनगाठो कसेका हुन् । आदित्य र स्वेताले विवाहको भव्य रिसेप्सन पार्टी पनि दिदैँछन् । रिसेप्सन पार्टीका लागि आदित्यको परिवारले बलिउडका चर्चित कलाकारदेखि नेतासम्मलाई आमन्त्रित गरेका छन् ।
यतिबेला सामाजिक सञ्जालमा स्वेता र आदित्यलाई बधाई दिनेको ओइरो नै लागेको छ ।