भारती सिंह र उनका श्रीमानको जमानत खारेज गर्न एनसीबीको अपिल, फेरि जादैँछन् जेल !



एनसीबीले केहीसमय अघि कमेडियन भारती सिंहको घरमा छापा मार्दा ८६.५ ग्राम गाजाँ बरामद गरेपछि भारती र उनका पति हर्ष लिम्बाचियालाई पक्राउ गरेको थियो । २ दिनसम्मको सोधपुछपछि भारती र उनका श्रीमान हर्षलाई १५–१५ हजार जमानतमा रिहा गरिएको थियो ।

अहिले एनसीबीले एनडीपीएस कार्ट (मादक पदार्थ निषेध कानूनलाइए आधार बनाएर काम गर्ने अदालत) मा भारती र उनका श्रीमान हर्षको जमानत खारेज गर्न अपिल गरेको छ ।

अब एनसीबीले एनडीपीएस कोर्टसमक्ष भारती सिंह र उनका श्रीमानको जमानत खारेज गर्न गुहार लगाएको छ र एनसीबीलाई सोधपुछका लागि सुम्पन आग्रह गरेको छ ।

अदालतले भारती सिंह र उनका श्रीमानलाई नोटिस पठाएको छ र अर्को हप्ता यो मामिलामा सुनुवाई हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्