३ बर्षको प्रेमपछि प्रेमिका नन्दासँग मंसिर २२ मा विवाह गर्दै रमेश प्रसाई



चर्चित वक्ता तथा गायक रमेश प्रसाईको लामो समयदेखि सामाजिक सञ्जालमा गायिका कल्पना दाहालसँग प्रेमको चर्चा चलिरहेको थियो । तर यो कुरामा कत्तिपनि सच्चाई नरहेको रमेश र कल्पनाले खुलाएका थिए । त्यतिमात्र नभएर रमेशले आफ्नी प्रेमका नै खुलाएका छन् ।

रमेश प्रसाई विगत ३ बर्षदेखि नन्दा सिंहसँग प्रेममा रहेका छन् । नन्दा काठमाडौँमा बालआश्रम चलाइरहेकी छिन् । ३ बर्षअघि नन्दालाई रमेशले नै प्रेमप्रस्ताव राखेका थिए । अब भने यी दुईले आफ्नो प्रेमलाई विवाहमा परिणत गर्ने भएका छन् । रमेश र नन्दाले यहि मंसिर २२ गते सोमबार लगनगाठो कस्न लागेका हुन् । उनीहरुको विवाह भने धरानमा हुन बुझिएको छ ।

अबल वक्तृत्व क्षमताका कारण फलोअर्स कमाएका रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीतले चर्चामा ल्याएको छ । उनी पछिल्लो समय इन्द्रेणीमा समेत आवद्ध छन् ।

उनीहरु दुवै दृष्टिविहिन हुन् ।

प्रतिक्रिया दिनुहोस्