ट्रोल गर्नेलाई हर्षले दिए यस्तो जवाफ…



ड्रग्स केसमा फसेपछि बलिउडकी चर्चित कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचिया पक्राउ परेका थिए । यी दुवै धरौटीमा छुटिसकेका छन् । भारती र हर्ष पक्राउ परेपछि उनीहरुलाई धेरैले ट्रोल पनि गरेका थिए । हालैमात्र भारतीका पति हर्षले सामाजिक सञ्जालमा एक तस्बिर पोष्ट गर्दै आफूहरुलाई नराम्रो भन्नेलाई कडा जवाफ दिएका छन् ।

उनले हालैमात्र सामाजिक सञ्जालमा उनको र भारतीको तस्बिर अपलोड गर्दै भारती आफूसँग भएपछि कसैले केही भन्दापनि आफूलाई फरक नपर्ने बताउन खोजेका छन् । उनको स्टाटसमा कसैलाई पनि इन्कित गरिएको छैन । तर उनको उक्त स्टाटस नराम्रो भन्नेहरुको लागि नै भएको अनुमान सजिलै लगाउन सकिन्छ ।

रिहा भैसकेपछि भारतीले द कपिल शर्मा शो को सुटिङ सुरु गरिसकेका छन् । हर्षले भने कुनै नयाँ काम सुरु गरेको जानकारी दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्