डिसेम्बर २५ मा विवाह गर्दै बलिउडकी चर्चित मोडल गौहर खान, बधाई दिनेको ओइरो



गौहर खान बलिउडकी चर्चित मोडल हुन् । मोडल मात्र नभएर उनले विभिन्न चलचित्रमा आइटम नृत्य पनि गरिसकेकी छिन् । बिगबोस ७ को उपाधी जितेपछि चर्चामा आएकी गौहरले यहि डिसेम्बर २५ मा विवाह गर्दैछिन् । स्वयम गौहरले सामाजिक सञ्जाल मार्फत यसबारे जानकारी दिएकी हुन् ।

उनी लामो समयदेखि जैद दरबारको प्रेममा छिन् । जैदले गौहरलाई प्रपोज गरेपछि उनीहरु होलिडे मनाउनका लागि गोवा पुगेका थिए । गोवामा होलिडे मनाइसकेपछि उनीहरुले बिहेको मिति सार्वजनिक गरेका हुन् । क्रिसमसको दिनमा दुइजना वैवाहिक जीवनमा बाँधिन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्