२० बर्ष अघि गलत जवाफ दिएपनि प्रियंकाले जितेकी थिइन् मिस वर्ल्डको ताज…



प्रियंका चोपडा बलिउडकी सर्वाधिक चर्चित नायिका हुन् । तर नायिकासँगै उनको नाम मिस वर्ल्ड भनेर पनि जोडिने गर्छ । किनकी प्रियंकाले सन् २००० मा मिस वर्ल्ड को ताज लगाउन सफल भएकी थिइन् । उनले मिस वर्ल्ड जितेको २० बर्ष पुरा भैसकेको छ । धेरैलाई थाहा नहोला कि फाइनल राउण्डमा सोधिएको प्रश्नको प्रियंकाले गलत जवाफ दिएकी थिइन् तरपनि ताज उनले नै लगाउन सफल भइन् ।

प्रतियोगितामा उनलाई प्रश्न सोधिएको थियो – तपाईं कुन जीवित महिलालाई सफल मान्नुहुन्छ ? । उत्तरमा प्रियंकाले मदर टेरेसाको नाम लिएकी थिइन् । उनले भनेकी थिइन् ‘विश्वमा धेरै मानिस छन् । तर, म बढी प्रभावित मदर टेरेसाबाट छु । म उनलाई मनबाटै चाहन्छु । उनले भारतीयका लागि काम गरेकी थिइन् । उनले आफ्नो जिन्दगी अरुको सेवामा बिताएकी थिइन् ।’ प्रियंकालाई यो जवाफले मिस वर्ल्ड बनाएको थियो ।

तर, उनको जवाफका कारण मिडियामा भने हंगामा मच्चिएको थियो । किनभने उनले कार्यक्रममा बताएको मदर टेरेसाको निधन ५ सेप्टेम्बरमा १९९७ मा भैसकेको थियो ।

मिस वल्र्ड जितेपछि प्रियंकाले सन् २००३ मा बलिउडमा प्रवेश गरेकी थिइन् । सुरुवाती दिनमा केही असफलता पाएपनि प्रियंकाले विस्तारै आफूलाई साबित गर्दैै गइन् र एकपछि अर्को हिट चलचित्रमा काम गर्न थालिन् । आज उनी बलिउडकी मात्र नभएर हलिउडकी समेत सफल अभिनेत्री मानिन्छिन् ।

प्रतिक्रिया दिनुहोस्