राजेश पायल राईको “सम्झना भो गाउँ घरको” भिडियो सहित



काठमाडौं । राई इज किंङको रुपमा परिचित गायक राजेश पायल राई र सुमधुर आवाजकी धनी गायिका कल्पना राईको आवाजमा रहेको मौलिक लोक गीत ”सम्झना भो गाउँ घरको”को भिडियो सार्वजनिक भएको छ ।

आफु जन्मिएको मातृभुमी गाउँको वर्णन गीतमा निकै आकर्षक रुपमा गीतकार जानुका राईले गरेकी छन । खोटाङ जिल्लाको विभिन्न रमण्यि स्थानमा खिचिएको भिडियोमा ग्रामिण परिवेशमा रहेका आम प्रेमील जोडिको भावनालाई गीतमा देखाइएको छ ।

खोटाङ जिल्लाको विभिन्न पर्यटकिय स्थानलाई पर्यटन प्रर्वद्धन गर्ने अभिप्राय साथै मौलिक लोक सस्कार र सस्कृतिलाई जर्गेना गर्ने कार्यमा ”सम्झना भो गाउँ घरको” गीतले केही भएपनी मद्धत गर्नेमा आफु आशावादी भएको गीतकार जानुकाले बताइन ।

गंगराज राईको संगीत तथा नोरवु शेर्पाको एरेन्ज गीतमा रहेको छ । मुकेश हुमागाईँको छायाँकन ,मान बहादुर थापाको सम्पादन तथा नेपाली मौलिक धारका गीतको सफल रुपमा निर्देशन गदैँ आएका परिचित निर्देशन जस बहादुर याक्खाको निर्देशन भिडियोमा रहेको छ ।

भिडियोमा निर्देशक जस बहादुर याक्खा जसु , समिक्षा याक्खा , कल्पना राई , सुरेन्द्र प्रकाश सुहाङ , पवित्रा राई लिम्बु , संजिव राई , पवन राई , हरिचन्द्र राई , यलम्बर राई , निला राई , सम्पुर्ण राई , विपना परियार , कृतिका राई साथै रुपमिला राईको अभिनय साथै बाल कलाकारको भुमीकामा एडरिना याक्खा , जष्टिन याक्खा साथै लुङमा लिम्वुको जिवन्त अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्