रणवीर–आलियाको ‘ब्रम्हास्त्र’को बजेट ३ सय करोड, सबै चलचित्रको तोड्यो रेकर्ड



लामो समयदेखि दर्शकले प्रतिक्षा गरिरहेको चलचित्र हो, ब्रहास्त्र । आयन मुखर्जीको निर्देशनमा तयार भैरहेको चलचत्रिको बजेट ३ सय करोड नाघेको छ । अमिताभ बच्चन, रणवीर कपुर, आलिया भट्ट लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्र २०२० मा प्रदर्शनमा आउने भनिएको थियो । तर कोरोनाका कारण चलचित्र यस बर्ष रिलिज हुन सकेन ।

हालै मात्र यसका निर्माताले चलचित्रको बजेटबारे खुलाएका छन् । स्टार र डिज्नीका प्रमुख उदय शंकरले भारतीय मिडियासँग कुरा गर्दै चलचित्रको बजेट ३ सय करोड माथि पुगेको बताएका हुन् । उनले भने–‘चलचित्रको बजेट ३ सय करोड भन्ने चर्चा छ । तर, म अहिले नै आँकडा त भन्न चाहन्न । तर, यति भन्न सक्छु कि बजारमा चलेको हल्ला भन्दा यसको बजेट अझै धेरै छ ।’

उनले, यति महंगो बजेटमा भारतमा अहिलेसम्म चलचित्र नबनेको पनि दाबी गरे । उनले दर्शकले हलमा चलचित्र हेर्दा छुट्टै खालको अनुभुती गर्ने पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्