‘परानै दिन्छु’ को अपार सफलतापछि लक्ष्मी र दयाहाङको ‘परानै दिन्छु २’ रिलिज



१ बर्ष अघि रिलिज भएको परानै दिन्छु बोलको गीतले बजारमा निकै तहल्का पिटेको थियो । लक्ष्मी बर्देवा र दयाहाङ राई फिचर्ड रहेको गीतलाई दर्शकले औधी रुचाएका थिए । गीतको शब्ददेखि भिडियोलाई पनि राम्रो प्रतिक्रिया मिलेको थियो । परानै दिन्छु को अपार सफलतापछि सोहि टिमले परानै दिन्छु २ सुनन लिएर आएको छ ।

प्रलाद शाहको शब्द र हरि लम्सालको संगीत रहेको सुनन बोलको गीतमा मेलिना राई र हरि लम्सालको आवाज रहेको छ । भिडियोमा लक्ष्मी र दयाहाङ नै फिचर्ड छन् । गीतमा लक्ष्मी र दयाहाङको निकै मिलेको केमेष्ट्रि देख्न सकिन्छ । हिजोमात्र युट्युबमा रिलिज भएको गीतले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्