करोड क्लबमा ‘प्रेमगीत ३’ को ‘हर युग होस् प्रेमको गीतको’…



करिब ९ महिना अघि युट्युबमा रिलिज भएको चलचित्र प्रेमगीत ३ मा समावेश हर युग होस् प्रेमको गीतको बोलको गीतले सर्वाधिक १० मिलियन अर्थात १ करोड भ्यूज पाएको छ । प्रेमगीत ३ को शीर्ष गीतको रुपमा रहेको हर युग होस् प्रेमको गीतको लिरिकल भिडियो मात्र रिलिज भएको थियो । तर दर्शकले यो गीतलाई असाध्यै रुचाएका छन् ।

राजेश कुमार श्रेष्ठको शब्द र अलिश कार्कीको संगीत रहेको हर युग होस् प्रेमको गीतको बोलको गीतमा प्रताप दास र प्रविशा अधिकारीको आवाज रहेको छ । यो समाचार तयार पारिरहदाँ यस गीतलाई १ लाख १२ हजार ३ सय ३३ जनाले लाइक गरेका छन् भने ५ हजार ३ सय ४६ जनाले डिसलाइक गरेका छन् । यस्तै गीतमा ७ हजार बढी कमेन्ट प्राप्त छन् ।

सन्तोष सेनद्धारा निर्मित चलचित्र गतबर्षको चैत्रमा प्रदर्शनमा आउने तयारीमा थियो । तर कोरोनाका कारण चलचित्रको प्रदर्शन रोकिएको हो । सन्तोष सेनले बताए अनुसार प्रेमगीत ३ लाई दर्शकले अब यसबर्षको चैत्रको हलमा हेर्न पाउने छन् । तर हलहरु अहिलेसम्म नखुलेकाले चलचित्रको प्रदर्शन मिति अझैपनि अन्योलमा भने रहेको छ । प्रेमगीत ३ मा प्रदिप खड्का, नव नायिका कृष्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, अनुभव रेग्मी, मनिष लिम्बु, लक्ष्मी बर्देवा, सन्तोष सेन लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्र प्रेमगीत ३ लाई सन्तोष सेन र स्वर्गीय निर्देशक छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्