थप १ हजार ४ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि, २९ को मृत्यु



पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ । अब देशभर १७ हजार ४ सय २३ जना संक्रिय संक्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९ सय ३१ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या २ लाख १४ हजार ५ सय २१ पुगेको छ । नेपालमा अहिलेसम्म ९१.९ प्रतिशतले कोरोना जितिसकेका छन् ।

नेपालमा कोरोनाभाइरस संक्रमणबाट थप २९ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १५०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा थप २९ जनाले संक्रमणकै कारण ज्यान गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्