भारतीको समर्थनमा आए कृष्णा, नराम्रो भन्नेलाई दिए कडा जवाफ



ड्रग्स केसमा फसेपछि भारती सिंह ट्रोल भइन् । यसका साथै बलिउडका केही हस्तिहरुले उनलाई गलत भने बताए । यसैबिच हास्यकलाकार राजू श्रीवास्तवले भारतीलाई धेरैथोक भनेका थिए । उनले लाखौँले भारतीलाई आफ्नो आइडल मान्ने भएकाले उनले ड्रग्स सेवन गर्न जरुरी नभएको बताएका थिए । साथै राजूले भारतीले आफ्नै परिचानमा दाग लगाएको पनि बताएका थिए ।

यसमा बलिउडका चर्चित कमेडियन कृष्णा अभिषेकले आफ्नो प्रतिक्रिया दिएका छन् । उनले भारतीको समर्थन गर्दै भनेका छन्, , ‘राजू श्रीवास्तवले त असाध्यै बकवास गरे । उनले भारतीका लागि जे जति भने त्यो अचम्मित गरिदिने किसिमकै थियो । उनले जीवनभरीका लागि सम्बन्ध बिगारेका छन् । सबैसँग । उनले जस्तो प्रतिक्रिया दिएका छन्, पूरा समूह हामी रिसाएका छौं । एउटै उद्योगको भएको नाताले पनि राजूले भारतीलाई त्यस्तो विधि भन्नु हुँदैनथ्यो ।’

कृष्णाको प्रतिक्रियामा धेरैले समर्थन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्