राजकुमार शर्माको चेतनामुलक गीत ‘नयाँ बाटो’ रिलिज (भिडियो सहित)



आर्थिक समृद्धि तथा सामाजिक रुपान्तरणको लागि चेतनामूलक गीत बजारमा हालैमात्र रिलिज भएको छ ।

पूर्व गृह तथा उर्जामन्त्री जनार्दन शर्माको परिकल्पना रहेको नयाँ बाटो बोलको गीतलाई जिल्ला समिति समन्वय पश्चिम रुकुमका प्रमुख राजकुमार शर्माले लेखेका हुन् । किरण बाबु पुनको संगीत रहेको गीतमा स्वयम किरण बाबु पुन र तुलसा पुन घर्तीको आवाज रहेको छ ।

जनतामा जनचेतना फैलाउने उद्येश्यले तयार पारिएको गीतको हाल अडियो मात्र रिलिज भएको हो । गीतले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।

गीतका रचनाकार राजकुमार शर्मा लामो समयदेखि माओवादी आन्दोलनका विभिन्न मोर्चाहरुमा आबद्ध हुदैँ रुकुम पश्चिमको जिल्ला समन्वय समिति प्रमुखसम्म आइपुग्दा शर्माले विभिन्न चेतनामुलक कथा, कविता र गीतहरु सिर्जना गर्ने गर्दछन् । हालैमात्र रिलिज भएको उक्त गीत जिल्ला समन्वय समिति पश्चिम रुकुमले तयार पारेको आर्थिक समृद्धि र समृद्ध समाज निर्माणका लागि गरिएको पहल कदमीका बारेमा तयार पारेको खाकासँग मिल्दोजुल्दो गीतका रुपमा यो गीतलाई चित्रित गरिएको छ ।

https://www.facebook.com/plugins/video.php?height=314&href=https%3A%2F%2Fwww.facebook.com%2FOfficialJanardanSharma%2Fvideos%2F827273958070247%2F&show_text=false&width=560

प्रतिक्रिया दिनुहोस्