धुमधामसँग हुदैँ आदित्यको विवाहको तयारी, रिसेप्सनको लागि प्रधानमन्त्री मोदीदेखि अमिताभ बच्चनसम्मलाई निम्तो



गायक र होष्टको रुपमा आफूलाई बलिउडमा स्थापित गरिसकेका कलाकार आदित्य नारायणले २ दिनपछि अर्थात यहि डिसेम्बर २ मा विवाह गर्दैछन् । आदित्यले प्रेमिका स्वेता अग्रवालसँग विवाह गर्न लागेका हुन् । स्वेता र आदित्य विगत ११ बर्षदेखि प्रेममा छन् ।

केहीसमय अगाडी देखि नै आदित्यको घरमा विवाहको तयारी सुरु भैसकेको छ । आदित्यको विवाहमा भने जम्मा ५० जना मात्र सहभागी हुन पाउनेछन् । तर विवाहको रिसेप्सन भने भव्य तरिको नै हुनेछन् । यसको लागि आदित्यले गेष्टको लिस्ट तयार पारिसकेका छन् ।

आदित्य र श्वेताको विवाह मन्दिरमा साधारण तवरबाट हुनेछ । विवाहमा नजिकका आफन्त र साथीहरुमात्र सहभागी हुनेछन् । विवाहपछि परिवारेले एक भव्य रिसेप्सन पार्टी आयोजना गर्र्दैछन् । यसका लागि बलिउडका सबै स्टारलाई निम्ता समेत पठाइएको छ ।

‘छोरोको विवाहको तयारी भइरहेको छ । २ डिसेम्बरमा रिसेप्सन पार्टीको आयोजना हुनेछ,’ उदितले भने, ‘रिसेप्सन मुम्बईको एक फाइभ स्टार होटलमा हुनेछ । अहिले भेन्यु फाइनल भएको छैन ।’ रिसेप्सन पार्टीका लागि बलिउड अभिनेता अमिताभ बच्चनदेखि सबै सेलिब्रेटी र प्रधानमन्त्री नरेन्द्र मोदीसमेतलाई निम्ता पठाएइएको उदितले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्