रणवीरसँग एउटै फ्ल्याटमा बस्नको लागि आलियाले खर्च गरिन् ३२ करोड



आलिया भट्ट र रणवीर कपुर लामो समयदेखि एकअर्काको प्रेममा छन् । यी दुईले चाडै नै विवाह गर्न लागेको खबर आइरहेको छ । तर यसबारे दुवैले कुनैपनि आधिकारीक जानकारी भने दिएका छैनन् । यसैबिच यी दुईबारे नयाँ खबर भने सार्वजनिक भएको छ ।

हालैमात्र आलियाले मुम्बईस्थित नयाँ अर्पाटमेन्ट खरिद गरेकी छिन् । आलियाले जुन अर्पाटमेन्ट खरिद गरेकी छिन् सोही अर्पाटमेन्टमा रणवीर केही समयदेखि बस्दै आएका छन् । रणवीरसँग बस्नकै लागि आलियाले उक्त अर्पाटमेन्ट लिएको बताइएको छ । बिल्डिङको ७ औँ तल्लामा रणवीर बस्दै आएका छन् भने आलिया ५ औँ तल्लामा छिन् ।

भारतीय मिडिया अनुसार उक्त अर्पाटमेन्टको मूल्य ३२ करोड रहेको छ । यसरी हेर्दा रणवीरको छिमेकी बन्नको लागि उनले ३२ करोड खर्च गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्