वरुण र साराको ‘कुल्ली नं. १’ को ट्रेलर रिलिज



वरुण धवन र साराअली खानको मुख्य भूमिका रहेको चलचित्र कुल्ली नं. १ को अफिसियल ट्रेलर रिलिज भएको छ । कुल्ली नं.१ को ट्रेलर निकै नै मजेदार बनाइएको छ । यो चलचित्र पूर्ण रुपमा दर्शकलाई हसाउँनको लागि बनाइएको चलचित्रका निर्देशक डेबिड धवनले बताएका छन् ।

ट्रेलरमा वरुणको फरक फरक अवतार देख्न सकिन्छ ।

फिल्म ओटीटी प्लेटफर्म अमेजन प्राइममार्फत रिलिज गर्ने तयारीमा रहेको छ। २५ डिसेम्बर २०२० मा अमेजन प्राइम भिडियोमा फिल्म कुली नम्बर वान रिलिज हुनेछ । १९९५ मा प्रदर्शनमा आएको ‘कुली नम्बर वान’ को रिमेक । त्यो फिल्ममा अभिनेता गोविन्दा र करिश्मा कपूर मुख्य भूमिका थिए । जसलाई डेविड धवनले नै निर्देशन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्