‘आधीपुरुष’ मा प्रभाषकी ‘सिता’ बन्दै कृति, कत्तिको जम्ला त जोडी ?



केहीसमय अघि प्रभाषले चलचित्र आधीपुरुष को घोषणा गरेका थिए । आधीपुरुष प्रभाषले आफ्नो लागि निकै विशेष भएको बताएका थिए । किनकी आधीपुरुष मा प्रभाष भगवान रामको भूमिकामा देखिदैँछिन् । यस चलचित्रमा केहीसमय अघि प्रभाषको अपोजिटमा नायिका दिपिका पादुकोण हुने बताइएको थियो । तर चलचित्रको लागि कृति सेनन फाइनल भएकी छिन् ।

चलचित्रमा कृति प्रभाषकी सिताको रुपमा देखिनेछिन् । चलचित्रमा रावणको रुपमा अभिनेता सैफअली खान देखिदैँछन् ।

यो चलचित्रको छायांकन उच्च भीएफएक्सको साथमा स्टूडियोमा गरिनेछ । यसका लागि निर्देशकले अवतार र वार चलचित्रको भीएफएक्स टिमसँग छलफल गरिरहेका छन् । यो चलचित्रको रिलिज मिति सन् २०२२ को अगष्ट ११ लाई तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्