‘रेड वाइन’ बाट बाहिरिए पल, भित्रिए पुष्प



केही समय अघि चलचित्र रेड वाइन को घोषणा भएको थियो । जहाँ पल शाह र साम्राज्ञी राज्यलक्ष्मी शाह एकसाथ देखिने पक्का भएको थियो । तर चलचित्रको छायांकन सुरु नहुदैँ पल चलचित्रबाट बाहिरिएका छन् । उनी बाहिरिनुको कारण खुलेको छैन । तर चलचित्रमा पलको ठाउँमा पुष्प भित्रिएका छन् ।

पुष्प र साम्राज्ञीले यसअघि चलचित्र मारुनी मा एकसाथ काम गरेका थिए । दुईको केमेष्ट्रिलाई दर्शकले निकै रुचाएका पनि थिए । प्राप्त जानकारी अनुसार पुष्पले चलचित्र साइन गरिसकेका छन् । यी दुई एकअर्कासँग फेरि काम गर्नको लागि निकै उत्साहित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्