अनाथ बालबालिकाको लागि नायिका नन्दिता केसीले गरिन् खाद्यान्न र केही रकम सहयोग



कुनै समयमा नेपाली चलचित्र जगतमा राम्रो चर्चा कमाएकी नायिका नन्दिता केसी विगत केही बर्षदेखि अमेरिकामा रहदैँ आएकी छिन् । उनी अहिले फिल्म क्षेत्रबाट टाढा छिन् । तरपनि उनी यस क्षेत्रसँग नजिक भने छिन् । नन्दिता तिहारअघि नेपाल आएकी थिइन् । केहीसमय अघि लकडाउनको समयमा उनले समस्यामा परेकाहरुको लागि राहत वितरण गरेकी थिइन् ।

अहिले फेरि उनले अनाथालयमा गएर सहयोग गरेकी छिन् । नन्दिताले किर्तिपुरमा रहेको बेबी लाइफ होम र टोखाको पवित्रा समाज सेवा नेपाललाई सहयोग गरेकी हुन् । नन्दिताले बिहिबार किर्तिपुर र टोखामा पुगेर खाद्यन्न सहित केही आर्थिक रकम समेत सहयोग गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्