रेखाको प्रश्न– बसपार्कमा भुईमा बसेर खाना पर्खेका गरिब निमुखाको बारेमा कसले बोल्ने ?



नायिका रेखा थापा आफ्नो मनमा लागेको कुरा निर्धक्क भएर सामाजिक सञ्जालमा लेख्ने गर्छिन् । कसैले केही भन्लान् कि भन्ने डर रेखालाई कहिल्यै लाग्दैन । उनले बेला बेलामा देश र जनताका लागि आवाज पनि उठाउने गरेकी छिन् । हालैमात्र पनि उनी सामाजिक सञ्जालमा स्टाटस लेख्दै रत्नपार्क नाम परिवर्तन गर्ने विषयमा आपत्ति जनाएकी छिन् ।

उनले सामाजिक सञ्जाल मार्फत गरिव निमुखको बारेमा कसैले पनि कुरा नउठाएको बताएकी छन् । रत्नपार्कको नाम फेर्न हतारो गर्नेले त्यही नजिकका गरिब नदेखेको गुनासो उनको रहेको छ ।

उनले फेसबुकमा लेखेकी छन् ‘रत्नपार्कको नाम फेर्ने र जोगाउने ध्याउन्नमा लागि रहँदा, छेउको बसपार्कमा भुइमा बसेर खाना पर्खेको गरिव निमुखाको बारेमा बोल्ने कस्ले हो । ‘कि राजनीति भनेको नामको खेल मात्रै हो रु भनेर उनले प्रश्न समेत उठाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्