सञ्जयले गरेका थिए सबैको अगाडी रनबीरको बेइजत, यस्तो थियो रनबीरको प्रतिक्रिया…



रनबीर कपुर बलिउडका सफल अभिनेता मानिन्छन् । तर बलिउडमा उनले खेलेमध्ये सबैभन्दा सफल चलचित्र सञ्जु मानिन्छ । सञ्जय दत्तको जीवनीमा आधारित यस चलचित्रलाई रनबीको अभिनय तारिफयोग्य रहेको थियो । चलचित्रबाट रनबीरले उत्कृष्ट प्रतिक्रिया पाउनुको साथै थुप्रै अवार्डहरु पनि हात पारे ।

सञ्जु को लागि वास्तवमै रनबीरले निकै नै मेहेनत गरेका थिए । उनको जस्तो हाउभाउ, बोली, भेषभुषालाई अगांल्न रनबीरलाई निकै मेहेनत गर्नुपरेको थियो र उनले मेहेनतको फल सोचेभन्दा राम्रो पाए । सञ्जय आफैँ चलचित्र हेर्दा भावुक भएका थिए । यतिसम्मकी सञ्जयले उक्त क्यारेक्टरको लागि रनबीर भन्दा उत्कृष्ट अरु कोहीपनि नभएको समेत बताए ।

तर पहिले सञ्जयलाई रनबीरप्रति विश्वास नै लागेको थिएन । सञ्जु मा रनबीरले आफ्नो क्यारेक्टरलाई निभाउन नसक्ने सञ्जयले अन्दाज लगाएका थिए । यतिसम्मकी उनले एउटा भव्य पार्टीमा सबैको अगाडी रनबीरको बेइजत समेत गरेका थिए ।

यो घटना सन् २०१६ को हो । सञ्जय दत्तले आफ्नो घरमा एउटा पार्टी राखेका थिए र रक्सीको नशामा लठ्ठिएर नायकले रणबीर कपुरको बेस्सरी मजाक उडाएका थिए । वास्तवमा, सञ्जय दत्त, रणबीरलाई आफ्नो भूमिकाका लागि फिट मानिरहेका थिएनन् र मजाक उडाउँदै रणबीरलाई ‘लड्डु’ र ‘बर्फी’ जस्ता फिल्म गर्न सल्लाह दिएका थिए । उक्त पार्टीमा डेभिड धवन, राजकुमार हिरानी र थुप्रै दिग्गज कलाकारको उपस्थिती थियो ।

रणबीरले सञ्जय दत्तको सबै कुरा शान्तिले सुनिरहे, कुनै बहस गरेनन् । त्यसपछि सञ्जयकी श्रीमती मान्यता, रणबीरको बचाउमा आइन् र उनले सबैलाई डिनर गर्न आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस्