जेलबाट रिहा भएपछि भारतीले गरिन् पहिलो पोष्ट, फ्यानले दिए यस्तो प्रतिक्रिया…



केहीसमय अघि ड्रग्स केसमा फसेपछि कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचिया पक्राउ परेका थिए । २ दिन हिरासतमा बसेपछि धरौटीमा यी दुईले जमानत पाएका थिए । तर ड्रग्स केसमा फसेपछि भारती र हर्षको करियरमा धक्का भने लागेको छ । हर्षलाई भन्दा पनि भारतीलाई यो कुराले केही फरक पारेको छ ।

उनलाई मन पराउने धेरैले फ्यानले उनीप्रति निराशा पनि व्यक्त गरे । जेलबाट रिहा भएपछि भारतीले पहिलो पोष्ट भगवान गणेशको गरेकी थिइन् । उनले गणेशको फोटो पोष्ट गर्दै धन्यवाद पनि दिइन् । यस्तै उनले आफू कपिल शर्मा शो बाट नबारिएको जानकारी दिदैँ फ्यानलाई खुसी पनि बनाएकी छिन् ।

यो घटनापछि भारती कपिल शर्मा शो मा सायद नफर्कने आंकलन धेरैले गरेका थिए । तर भारतीले शो बाट नबाहिरएको जानकारी दिएकी छिन् । हर्षले भने नयाँ प्रोजेक्ट साइन गरेका छैनन् । भारती कपिल शर्मा शो मा फर्कने भनेसँगै उनका फ्यानहरु निकै खुसी भएका छन् भने केहीले ट्रोल पनि बनाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्