यसकारण पुरा हुन सकेन सलमान र कटरिनाको प्रेम…



बलिउडमा कुनै समयमा सलमान र कटरिनाको जोडीको खुबै चर्चा हुने गर्थ्यो । हुन त अहिले पनि यी दुईको चर्चा भैरहन्छ तर कुनै समयमा यी दुई एकअर्काको गहिरो प्रेममा थिए । सलमानले ५ बर्षसम्म कटरिनालाई डेट गरे । यी दुईले एकसाथ थुप्रै चलचित्रमा काम गरिसकेका छन् ।

कटरिनाको फिल्मी करियरलाई उचाईमा पुर्याउन सलमानले निकै नै मदत गरेका छन् भन्दा फरक नपर्ला । धेरैलाई थाहा नहोला कि सलमान र कटरिना किन छुटे भनेर । सलमान पहिलेदेखि नै अलि रिसाहा र पोजेसिब खालका छन् । ऐश्वर्यासँग पनि यस्तै बानीले गर्दा सलमानको ब्रेकअप भएको थियो कटरिना पनि सलमानको रिसाहा बानीले वाक्क भैसकेकी थिइन् ।

सलमानसँग प्रेममा हुदैँ कटरिनाले राजनीतिको सुटिङमा रणवीर कपुरलाई भेटिन् । रणवीर त्यतिबेला दिपिकाको प्रेममा थिए । तर कटरिनालाई भेटेपछि उनले दिपिकालाई छोडेर कटरिनासँग सम्बन्ध अगाडी बढाए र कटरिनाले पनि सलमानसँग दुरी बढाउन थालिन् । यी दुईले नै एकअर्काको बारेमा नराम्रो भने कहिल्यै पनि भनेनन् । अहिले पनि सलमान र कटरिना एकसाथ चलचित्रमा काम गरिरहेका छन् र एकअर्काको निकै सम्मान पनि गर्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्