काठमाडौं महानगरपालिकालाई अभिनेत्री रेखाको प्रश्न : रत्नपार्कको नाम फेर्न हतार गर्नेले त्यही छेउमा बस्ने गरिबको भोक नदेख्ने ?



काठमाडौं । काठमाडौं महानगरपालीकाले रत्नपार्कको नाम फेरेर संखधर साख्वा उद्यान नामाकरण गरिसकेको छ । रत्नपार्कको नाम फेर्न हतार गरेको महानगरपालीकाले त्यही नजिक भात खानका लागि विहानदेखि कुर्ने, र त्यही भातकै लागि भनेर एक घण्टाको बाटो हिँडेर आउने गरिब निमुखालाई नदेखेको आरोप लाग्दै आएको छ ।

नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापाले पनि यस बारे चासो र चिन्ता व्यक्त गर्दै प्रश्न उठाएकी छन् । उनले सामाजिक सञ्जाल मार्फत गरव निमुखाको बारेमा कसैले पनि कुरा नउठाएको बताएकी छन् । रत्नपार्कको नाम फेर्न हतारो गर्नेले त्यही नजिकका गरिब नदेखेको गुनासो समेत पोखेकी छिन् ।

उनको फेसबुकको स्टाटस जस्ताको त्यस्तै :‘रत्नपार्कको नाम फेर्ने र जोगाउने ध्याउन्नमा लागि रहँदा, छेउको बसपार्कमा भुइमा बसेर खाना पर्खेको गरिव निमुखाको बारेमा बोल्ने कस्ले हो । ‘कि राजनीति भनेको नामको खेल मात्रै हो रु भनेर उनले प्रश्न समेत उठाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्