
भारती सिंह ड्रग्स मामिलामा पक्राउ परेर रिहा पनि भैसकेकी छिन् । तर सामाजिक सञ्जालमा उनको ट्रोल बनिरहेको छ । भारतीका फ्यानले पनि उनीप्रति असन्तुष्टि जनाएका छन् भने केहीले भारतीको समर्थन पनि गरेका छन् । भारती पछिल्लो समयमा द कपिल शर्मा मा देखिदैँ आएकी थिइन् । कपिल शर्मा शो मा उनको क्यारेक्टरलाई दर्शकले निकै रुचाएका थिए ।
यसैबिच हालैमात्र द कपिल शर्मा शो को नयाँ एपिसोड सार्वजनिक भएको छ । जहाँ भारती देखिएकी छिन् किनकी उक्त एपिसोडको सुटिङ भारती जेल पर्नु अघि नै गरिएको थियो । गेष्टको रुपमा इन्डियन आइडल का जज विशाल, हिमेश र होष्ट आदित्य आएका थिए । जहाँ नेहा भने थिइनन् । सोहि बेला भारतीले नेहाको मजाक उडाएकी थिइन् । अहिले त्यहि कुरा सामाजिक सञ्जालमा हिट भैरहेको छ ।
उनले हिमेश, विशालसमेत आदित्यलाई सोधे, ‘तपाईं इन्डियन आइडलबाट आउनुभएको छ । उनी कहाँ छिन् ? नेहा कक्कड ?’ र नजिकै रहेको केरामा उनलाई खोजेको अभिनय गर्न थालिन् । आदित्य नारायणले भारतीलाई उनको भर्खरै विवाह भएको बताए । यसमा उनले टिप्पणी गर्दै भनिन्, ‘हो, मैले सोसल मिडियामा उनको कोठाको भिडियो हेरेकी थिएँ जसलाई फूलले सजाइएको थियो ।’
त्यसपछि उनले ठट्यौली पारामा भनिन्, ‘उनी आफ्नो श्रीमानसँग मिलेर मेरो र मेरा श्रीमान् हर्षको उद्घोषणको काम खोज्ने कोसिस गरिरहेकी छिन् ।’
भारतीको जोक्सले त्यहाँ हाँसोको माहोल बनेको थियो ।





