
आमिर खानकी छोरी इरा खान सर्वाधिक चर्चित बलिउड स्टारकिडको रुपमा परिचित छिन् । बलिउडमा प्रवेश नगर्दै उनले राम्रो फ्यान फलोइङ कमाएकी छिन् । इरा सामाजिक सञ्जालमा प्रेमी मिशालसँगको तस्बिर सेयर गर्ने गर्नाले चर्चामा आउने गरेकी थिइन् । तर गत डिसेम्बरमा उनको ब्रेकअप भयो । उनले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएकी थिइन् ।
अहिले इरा फेरि कसैको प्रेममा परेकी छिन् । यसले पनि बलिउडमा राम्रै चर्चा पाइरहेको छ । भारतीय मिडिया अनुसार इरा विगत ६ महिनादेखि नुपुरको प्रेममा छिन् । नुपुर अरु कोही नभएर आमिरका फिटनेश कोच हुन् । लकडाउनको समयमा यी दुई एकअर्काको नजिक भएका थिए । नुपुरले सामाजिक सञ्जालमा इरासँगको तस्बिर सेयर गरेका थिए । जसलाई फ्यानले रुचाएका थिए ।





