
केकी अधिकारीले आफ्नो पहिचान नायिकाको रुपमा मात्र नभएर निमात्रीको रुपमा पनि बनाइसकेकी छिन् । केही बर्ष अघि उनले चलचित्र कोहलपुर एक्सप्रेस निर्माण गरेकी थिइन् । तर चलचित्रले अपेक्षा अनुसारको सफलता भने पाउन सकने ।
अहिले फेरि केकी नयाँ चलचित्र निर्माणको तयारीमा जुटेकी छिन् । उनले बोक्सीको घर नामक चलचित्र बनाउने तयार गरिरहेको बताएकी छिन् ।
सुलक्षण भारतीको लेखन तथा निर्देशन नाटक ‘बोक्सीको घर’ वि.सं. २०७३ को साउन र भदौ महिनामा मण्डला थिएटरमा मञ्चन गरिएको थियो ।
यो फिल्मलाई सुव्रतराज आचार्य र सुलक्षण भारतीले संयुक्त रुपमा निर्देशन गर्ने भएका छन् । फिल्म्मा गौरव पहारी र केकी अधिकारीको शीर्ष भूमिका रहने जनाइएको छ ।





