२२ बर्षका यी युवकका तीनवटी श्रीमती, तीनैवटी श्रीमती मिलेर खोज्दैछन् चौथी सौता…



आफ्नो वैवाहिक जीवन राम्रोसँग बितोस् भन्ने चाहना हरेकमा रहेको हुन्छ । कुनैपनि महिलाले आफ्नो वैवाहिक जीवन बिग्रिएको हेर्न सक्दैनन् । महिलालाई विवाहपछि सबैभन्दा मन नपर्ने शब्द भनेको नै सौता हो । नेपाली समाजलाई हेर्ने हो भने यहाँ २ वटी श्रीमती विवाह गर्ने पुरुष थुप्रै छन् । एकसाथ आफ्नो सौतासँग बस्नु पर्दा महिलाले भोग्नु परेको पिडा हामीले प्रशस्तै देख्न सक्छौँ ।

हामीले कुनैपनि महिलाले आफ्नो सौतासँग खुसी छु भनेको कमै मात्र सुन्ने गरेका छौँ । यस्तै घटनाले अहिले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ । २२ बर्षका एक युवकको जीवनमा ३ वटी श्रीमतीहरु छन् र उनी अब चौथी श्रीमतीको खोजीमा छन् । अचम्मको कुरा त के छ भने ती युवककी ३ वटी श्रीमती नै थप एक सौता चाहन्छन् ।

अदनान नामका यी पाकिस्तानी युवकले २२ वर्षको उमेरसम्म आइपुग्दा तीन बिहे गरिसकेका छन् । र, अब उनका तीन श्रीमतीहरु मिलेर चौथी सौता खोज्दैछन् । उनका तीनैवटी श्रीमती उनीसँगै छन् । पाकिस्तानको सियालकोटका अदनानको चर्चा अहिले विदेशसम्म पुगेको छ । मुस्लिम समुदायमा १ भन्दा धेरै विवाह गर्नु कुनै नौलो कुरा होइन तर श्रीमतीले नै आफ्नी सौता खोज्नु भने निश्चय पनि अनौठो कुरा हो ।

अदनानले पहिलो विवाह उनी १६ बर्षको हुदाँ गरेका थिए । २० बर्षको हुदाँ उनले दोस्रो विवाह गरे र २१ बर्षको भएपछि तेस्रो विवाह गरे । अदनानका श्रीमतीहरुको नाम शुंभाल, शुबाना र शाहिदा हो । अब उनीहरुले एस अक्षरबाट नाम सुरु भएकी चौथी सौता खोजिरहेका छन् ।

अदनानका २ श्रीमतीका सन्तान पनि छन् । जेठी श्रीमती शुंभालका ३ र माइली श्रीमती शुबानाका दुई सन्तान छन् । शुबानाको एउटा बच्चालाई कान्छी शाहिदाले आफ्नो मानेकी छिन् । अदनानका तीन श्रीमतीहरुले उनीमाथि सबै श्रीमतीहरुलाई पूरा समय दिन नसकेको आरोप भने लगाउँछन् तर तीनैवटीले अदनान र बच्चाहरुको ख्याल गछृन् । अदनान तीनैजना श्रीमतीलाई प्रेम गर्छन् । उनको घरको एक महिनाको खर्च डेढ लाख पाकिस्तानी रुपैयाँ हुन्छ ।

प्रतिक्रिया दिनुहोस्