म्यूजिक भिडियोमा जम्दै पल र रियाशाको जोडी (फोटो सहित)



पछिल्लो समयका चलेका मोडल हुन्, पल शाह र रियाशा दाहाल । म्यूजिक भिडियोका निकै डिमाण्डेड जोडी बन्दै गइरहेका छन् पल र रियाशा । यी दुईले एकसाथ थुप्रै म्यूजिक भिडियोमा काम गरिसकेका छन् । यी दुईको केमेष्ट्रिलाई दर्शकले रुचाएका कारण नै बारम्बार म्यूजिक भिडियोमा यी दुईलाई हायर गरिन्छ ।

अब त धेरै दर्शकले पल र रियाशालाई रियल कपलको रुपमा हेर्ने इच्छा समेत व्यक्त गर्न थालिसकेका छन् । पल र रियाशा पनि एकअर्काका मिल्ने साथी भैसकेका छन् । एकअर्कासँग काम गर्न निकै सहज हुने यी दुई बताउँछन् । सामाजिक सञ्जालमा यी दुईको म्यूजिक भिडियो र तस्बिरले पनि निकै चर्चा पाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्