‘टम एण्ड जेरी’ लाई दर्शकले अब फिल्मको रुपमा हेर्न पाउने, यो मितिमा हुदैँछ प्रदर्शन…



टम एण्ड जेरी दर्शकले अत्यन्तै रुचाएको कार्टुनमध्येको एक हो । अब टम एण्ड जेरी मन पराउने दर्शकको लागि खुसीको खबर आएको छ ।

विशेष साना बच्चाहरुले असाध्यै रुचाउने कार्टुन अब चलचित्रको रुपमा हेर्न पाइने भएको छ । अहिले सामाजिक सञ्जालमा यसको ट्रेलरले निकै नै चर्चा पाइरहेको छ ।

ट्रेलरलाई दर्शकले निकै रुचाएका छन् । टिम स्टोरीको निर्देशनमा बनेको एनिमेटेड कमेडी फिल्म टम एण्ड जेरी २०२१ मार्च ५ मा रिलिज हुदैँछ । २९ वर्षपछि दर्शकले टम र जेरीको लडाई र नोकझोकलाई ठूलो पर्दामा हेर्न पाउनेछन् ।

‘टम एन्ड जेरी’ मा टम बिरालो हो भने जेरी मुसाको नाम हो । मेट्र गोल्डविन मेयर स्टुडियो र हन्ना बारबेरा स्टुडियोले निर्माण गरेको यो शृङ्खलाका मुख्य संस्थापक विलियम हन्ना र जोसेफ बार्बरा हुन् । ।

प्रतिक्रिया दिनुहोस्