‘डियर कमरेड’ की नायिका रश्मिका मन्दना २०२० कि ‘नेशनल क्रस’ घोषित, फ्यानले दिए यस्तो प्रतिक्रिया…



रश्मिका मन्दना साउथकी सर्वाधिक चर्चित नायिका हुन् । फिल्म क्षेत्रमा प्रवेश गरेको ४ बर्षमै उनले नसोचेको सफलता र फ्यान फलोइङ कमाएकी छिन् । रश्मिकालाई धेरैले डियर कमरेड की नायिका भनेर चिन्ने गरेका छन् । रश्मिका चर्चित पहिलेदेखि नै थिइन् तर लकडाउनको समयमा युट्युबमा प्रदर्शन भएको उनी अभिनीत चलचित्र डियर कमरेड ले उनलाई इन्डियामा मात्र नभएर विश्वभर नै चिनाउन सफल भयो ।

रश्मिका सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्छिन् । उनले हालैमात्र सामाजिक सञ्जाल मार्फत आफ्ना फ्यानलाई निकै खुसीको खबर दिएकी छिन् । यो खबरले रश्मिकाका फ्यानहरु निकै खुसी र चकित पनि भएका छन् । सर्च इन्जिन गुगलले रश्मिकालाई नेशनल क्रस अफ इन्डिया २०२० फिमेल’ घोषणा गरेको छ ।

त्यसपछि ट्वीटरमा पनि रश्मिका नेशनल क्रश ह्याशट्यागसहित ट्रेन्ड हुन थालिन् । यसको स्क्रिनसट उनले आफ्नो ट्वीटर अकाउन्टबाट पनि सेयर गरेकी छिन् । उनले यससँगै लेखिन्, ‘मेरा मानिसहरु साँच्चै नै लेजेन्डरी हुनुहुन्छ । उनीहरु यति प्रिय छन्… होइन र ? मेरो मुटु उनीहरु सबैको साथमा छ । ’

यतिबेला सामाजिक सञ्जालमा रश्मिकाका फ्यानले उनलाई बधाई दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्