आमा बन्दै ‘भद्रगोल’ की रक्षा, अब केही समयसम्म ‘सक्कीगो नि’ मा नदेखिने !



चर्चित टेलिसिरियल भद्रगोल बाट चर्चा कमाउन सफल कलाकार रक्षा श्रेष्ठलाई दर्शकले अब केही समयसम्म भद्रगोल मा देख्न नपाउने भएका छन् । पछिल्लो समयमा भद्रगोल सक्किगो नि नामबाट प्रशारणमा आउन थालेको थियो । तर कोरोनाको कारण गत चैत्रदेखि प्रशारण बन्द भएको सक्किगो नि अब मंसिर अन्तिमबाट हिमालयन टेलिभिजनबाट प्रशारणमा आउने बताइएको छ ।

रक्षाको क्यारेक्टरलाई सक्किगो नि दर्शकले निकै रुचाउने गरेका थिए । रक्षा हिमालयन टेलिभिजनबाट प्रशारणमा आइरहेको रियालिटी शो डान्सिङ विथ द स्टार्स को २ एपिसोडसम्म देखिएकी थिइन् । उनले स्वास्थ्य ठिक नभएका कारण शो छोडेको जानकारी दिएकी थिइन् । त्यसपछि धेरै दर्शकको मनमा आखिर रक्षालाई के भएर शो छोडिन् र सक्किगो नि मा पनि देखिदैँ छैनन् भन्ने कौतुहलता थियो । यसको जवाफ सक्किगोनि टिमले दिएको छ ।

रक्षा चाडैँ नै आमा बन्दैछिन् भन्ने जानकारी प्राप्त भएको छ । यस्तो समयमा रक्षाले पुरा समय आफ्नो स्वास्थ्यलाई दिनु जरुरी छ । जसका कारण नै उनले शो छोडेकी हुन् । यसबारे रक्षाले आधिकारीक जानकारी नदिए पनि सक्किगो नि टिमले यसबारे जानकारी दिएका हुन् । तर पछि रक्षा शो मा पुनः फर्कने सम्भावना भने प्रवल रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्