
सर्वाधिक कमाइ गर्न सफल चलचित्र ए मेरो हजुर ३ केहीसमय अघि युट्युबमा रिलिज गरिएको थियो । अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रलाई हलमा दर्शकले जति रुचाएका थिए युट्युबमा पनि उत्तिकै रुचाएका छन् ।
यसको प्रमाणको रुपमा युट्युबबाट प्राप्त भ्यूज र दर्शकको प्रतिक्रियालाई लिन सकिन्छ । २४ घण्टामा सर्वाधिक भ्यूज पाएर यस चलचित्रले इतिहास रचेको थियो । अहिले फेरि चलचित्रले नयाँ रेकर्ड बनाएको छ । ए मेरो हजुर ३ ले युट्यबुमा रिलिज भएको १९ दिनमा १० मिलियनल अर्थात १ करोड भ्यूज प्राप्त गर्न सफल भएको छ । अहिलेसम्म यतिधेरै छिटो कुनैपनि चलचित्रले सर्वाधिक भ्यूज पाउन सकेको थिएन ।
यो समाचार तयार पारिरहदाँ ए मेरो हजुर ३ लाई युट्युबमा १ करोड बढीले हेरेका छन् । चलचित्रलाई ३ लाख २ हजार ७ सय ८६ जनाले लाइक गरेका छन् भने २४ हजार १ सय ४७ जनाले मात्र डिसलाइक गरेका छन् । चलचित्रमा २० हजार बढीले प्रतिक्रिया दिएका छन् । जुन अहिलेसम्म युट्युबमा रिलिज भएका कुनैपनि नेपाली चलचित्रमा प्राप्त छैन । अधिकांश कमेन्ट सकरात्मक रहेका छन् ।
धेरैले चलचित्रको कथावस्तु, सुहानाको अभिनय र अनमोल र सुहानाको केमेष्ट्रिलाई रुचाएका छन् ।





