
२ दिन अघिमात्र लागूऔषध प्रकरणमा पक्राउ परेकी कमेडियन भारती सिंह र उनका पति हर्ष छुटेका छन् । हिजोमात्र अदालतको फैसलापछि यी दुईलाई १४ दिनसम्मको लागि हिरासतमा राखिने बताइएको थियो । तर उनीहरु जमानतमा छुटेका छन् ।
आज जमानतको निवेदनमाथि सुनुवाइपछि अदालतले उनीहरुलाई धरौटीमा रिहा गरेको हो । उनीहरुले मुम्बइको किला कोर्टमा जमानतको लागि निवेदन दिएका थिए ।
एनसिबीले छानबिन गर्दा भारती र हर्षको घरमा गाजाँ भेटिएपछि यी दुईलाई गिरफ्तार गरिएको थियो । भारती र हर्षले पनि आफूहरुले गाजाँ सेवन गर्ने गरेको स्वीकारेका छन् ।





