आलियाको तस्बिरमा कमेन्ट गर्दै अमिताभले भने- ‘मेरो यो कुराले थुप्रै महिलालाई उदास गर्नेछ’



बलिउडकी सर्वाधिक चर्चित नायिका आलिया भट्ट सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्छिन् । उनले बेला बेलामा सामाजिक सञ्जालमा आफ्ना बोल्ड तस्बिर सेयर गरिरहेकी हुन्छिन् । हालैमात्र पनि उनले बिरालोसँगको एक तस्बिर सेयर गरेकी छिन् । उक्त तस्बिरमा अमिताभ बच्चनले पनि कमेन्ट गरेका छन् ।

उनले लेखेका छन्, ‘यसले थुप्रै महिलालाई उदास गर्नेछ तर मलाई बिरामी रत्ति पनि मनपर्दैन । तर तिम्रो अनुहारको यो एक्सप्रेसनले मलाई बिरालोलाई प्रेम गर्न सिकाएको छ । ’

अमिताभ बच्चनको यो कमेन्टमा मानिसहरुले आफ्नो प्रतिक्रिया दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्