
जुही चावला बलिउडकी सर्वाधिक चर्चित नायिकाको सूचीमा पर्छिन् । उनी ९० कि दशककी बहुचर्चित नायिका हुन् । जुही पछिल्लो समयमा फिल्ममा त्यति देखिएकी छैनन् तर विभिन्न अवार्ड समारोहमा भने उनको उपस्थिति देख्न सकिन्छ । उनै जुही केहीसमय अघि एक अन्तवार्तामा आफ्ना छोराछोरीले आफ्नो चलचित्र कहिल्यै हेर्ने नगरेको बताएकी छिन् ।
उनले आफ्ना सन्तानलाई यो क्षेत्रबाट टाढा राख्न नचाहेको तर छोराछोरी आफै यो क्षेत्रबाट टाढा रहेको बताएकी छिन् । उनले आफ्ना छोराछोरी आफूसँग बाहिर निस्कन पनि हिचकिचाउने बताएकी छिन् । छोराछोरी आफैले सामाजिक सञ्जालबाट दुरी बनाइरहेको उनले बताइन् ।
जुहीसँग बाहिर निस्कदाँ छोराछोरीले पत्रकारले जुहीसँग फोटो खिच्दाँ, अन्तवार्ता लिदाँ झर्को मान्ने गरेको उनले बताएकी छिन् ।





