राजा ज्ञानेन्द्र शाहले आफुले बुझाएको नासो फिर्ता लिन तत्काल पत्रकार सम्मेलन गर्नुपर्ने आवश्यकता छ



राकेश कुमार शर्मा, मुलुक अभिभावक विहीन भएको छ । राजा ज्ञानेन्द्र शाहले राजदरबार छोडनु भन्दा पुर्व पत्रकार सम्मेलन मार्फत राजनीतिक दलहरुका नेताहरुलाई बुझाएको नासो फिर्ता लिन पुनः तत्काल पत्रकार सम्मेलनको आह्वान गर्नुपर्ने परिस्थिति आएको छ ।

राजा ज्ञानेन्द्र शाहले राजदरबार छोडदा पत्रकार सम्मेलन मार्फत आफ्नो मन्तव्य राखी चुनौतीका रूपमा नासो संभालेर राख्नु भनी नारायणहिटी राजदरबार छोडेको हो राजा ज्ञानेन्द्र शाहले राजदरबार छोडदाको दृश्यहरु संचारकर्मी र मिडियाहरु संग होला दृश्यहरुबाट राजाको मन्तव्य बारे सबै कुराहरू स्पष्ट हुन्छ ।

राजा ज्ञानेन्द्र शाहले जुन मनशायले राजदरबार छोडनु भएको थियोे सोही अनुसार राजनीतिक दलहरूका नेताहरूले आजसम्म मुलुकमा निकास दिन सकेनन । यसप्रकार राजनीतिक दलहरूका नेताहरू मुलुक हाँक्न निरन्तर असफल भइसकेका छन । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा जतिसक्दो लुटने काम भएको छ ।

हालसालै पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले विभिन्न संचार माध्यमहरु मार्फत के पी शर्मा ओली, पुष्प कमल दाहाल र शेर बहादुर देउवा मिलेर ९ अर्ब राज्यकोष ढुकुटी दुरुपयोग गरेको कुराको खुलासा गरेका छन र झुठा ठहर भए कार्वाही भोग्न सम्म तैयार छु भनेका छन ।

राजा ज्ञानेन्द्र शाहले राजदरबार छोडेपछि मुलुकमा झनै विकृति, बेथिति, अराजकता र दण्डहीनता बढदै गएको छ । मुलुकमा जताततै विकृति, बेथिति र लथालिङ्ग अवस्था छ । कोरोना भाइरस संक्रमणको महामारीमा पनि व्यापक राज्यकोष ढुकुटी दुरुपयोग भएको अवस्था छ ।

राजा ज्ञानेन्द्र शाहले राजपाठ बाट केही समयका लागि विश्राम लिए पश्चात मुलुकमा विभिन्न चलखेलहरु भइरहेकोे साथै प्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरू र राजनीतिक दलहरूका नेताहरूका कारण मुलुकको स्वाधीनता धरापमा परेको छ ।

राजा ज्ञानेन्द्र शाहले आफुले राजनीतिक दलहरूका नेताहरूलाई नासो जिम्मा लगाउँदा के मनसायले जिम्मा लगाएको र राजनीतिक दलहरूका नेताहरूले मुलुकमा आजसम्म के के गरे राजा ज्ञानेन्द्र शाहले प्रष्ट पार्ने समय आएको छ ? राजनीतिक दलहरुको नेताहरूलाई बुझाएको नासो फिर्ता लिन राजा ज्ञानेन्द्र शाहले तत्काल पुनः पत्रकार सम्मेलनको आह्वान गर्नुपर्छ ।

अर्थात राजा आफैमा एउटा शक्ति भएकोले अब राजा ज्ञानेन्द्र शाहले सीधै सत्ता हस्तक्षेप, सत्ता कब्जा गर्ने, सत्ता खोस्ने अर्थात अब ‘कु’ गर्ने हो ।

श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेवले समय समयमा वक्तव्य मार्फत राजनीतिक दलहरूका नेताहरूलाई सचेत र खबरदारी गर्दै आइरहनु भएको थियोे । राजा ज्ञानेन्द्र शाहले राजनीतिक दलका नेताहरूलाई अब सचेत र खबरदारी गर्नुपर्ने कुनै आवश्यकता छैन । विक्रम सम्वत २०४७ सालको संविधान बमोजिम नै राजा ज्ञानेन्द्र शाहले सीधै सत्ता हस्तक्षेप, सत्ता कब्जा गर्ने, सत्ता खोस्ने अर्थात अब ‘कु’ गर्ने हो ? मुलुकको लागी राजा आफैमा एउटा शक्ति हो ।

प्रतिक्रिया दिनुहोस्