भारती पक्राउ परेपछि कपिल शर्मा शो मा मच्चियो हंगामा, के भन्छन् त कपिल ?



एनसिबीले छानबिन गर्दा घरमा गाजाँ भेटिएपछि यतिबेला कमेडियन भारती सिंह र उनका पति हर्ष पक्राउ परेका छन् । भारती पक्राउ परेसँगै द कपिल शर्मा शो मा खलबली मच्चिएको छ । किनकी भारती कपिल शर्मा शो की बलियो खम्बा हुन् । कपिल शर्मा शो मा उनको क्यारेक्टरलाई दर्शकले निकै रुचाउने गरेका छन् ।

भारती पक्राउ परिसकेपछि नोभेम्बर २५ र २६ मा गरिने भनिएको द कपिल शर्मा शो को छायांकन दोधारमा परेको छ । तर केही एपिसोडहरुमा भने भारती देखिनेछिन् । किनकी केही एपिसोडका सुटिङ भैसकेको छ । अब बाकिँ एपिसोडहरुको सुटिङ भने भारती बिना नै गर्ने तयारी यतिबेला भैरहेको छ । किनकी शो ले राम्रो हाइप लिइरहेको बेला भारतीको कारण शो बन्द हुने हुदाँ घाटा पर्ने देखिएकाले कपिल शर्मा शो बन्द भने नहुने बताइएको छ ।

आज भारती र हर्षलाई अदालतमा पेश गरिएको छ । अदालतमा भएको छलफलबारे आधिकारीक जानकारी आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्