पछिल्लो २४ घण्टामा १ हजार ६ सय ६९ नयाँ संक्रमित थपिदाँ ५ हजार ६ सय ९९ ले जिते कोरोना



पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २० हजार ३०८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ९९ जनाले कोरोना जितेसँगै कोरोनामुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको प्रेस ब्रिफिङमा थप १६ जनाको मृत्यु भएको समेत जानकारी दिएसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १३२१ पुगेको छ ।

हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १९ हजार ९६३ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्