
चलचित्र ए मेरो हजुर ३ बाट रजतपटमा भित्रिएकी नायिका सुहाना थापाले पहिलो चलचित्रबाट नै नसोचेको सफलता पाइन् । पहिलो चलचित्रमा नै उनको अभिनयको निकै प्रशंसा भयो । ए मेरो हजुर ३ मा अनमोलसँग काम गरेकी सुहाना यतिबेला ए मेरो हजुर ४ को छायांकनमा व्यस्त छिन् ।
ए मेरो हजुर ४ मा पनि सुहाना अनमोलसँग नै देखिदैँछिन् । यसैबिच सुहानालाई नयाँ चलचित्रबाट अफर आएको छ । डिसेम्बर फल्स नामक चलचित्रबाट सुहानालाई अफर आएको सुहानाका पिता सुनिलले बताएका छन् । सुहानाले चलचित्रको स्क्रिप्ट पनि पढिसकेकी छिन् तर चलचित्र गर्ने वा नगर्ने टुङ्गो लागेको छैन ।
चलचित्रमा आर्यन सिग्देल मुख्य भूमिकाको लागि फाइनल भैसकेका छन् । चलचित्रमा नायक नायिकाको उमेर अन्तर देखाउन खोजिएकाले सुहानालाई अप्रोज गरिएको बताइएको छ । प्राप्त जानकारी अनुसार सुहानालाई चलचित्रको कथा मन परेको छ र उनी चलचित्रप्रति सकरात्मक देखिएकी छिन् । तर उनले आधिकारीक जानकारी भने दिएकी छैनन् ।





