टेलिभिजन रियालिटी शोको टास्क पुरा गर्दा गयो यी युवकको ज्यान



अमेरिकी टेलिभिजन गेम शो वाइपआउट को एक टास्क गर्दा प्रतियोगीले ज्यान गुमाएका छन् । उक्त प्रतियोगीले टास्क भने पुरा गरेका थिए । २००८ देखि २०१४ सम्म एबीसी टेलिभिजनबाट प्रसारण भएको यो रियालिटी शो २०२० मा टिबीएस टेलिभिजनबाट प्रसारण हुनेछ ।

टास्क गरिसकेपछि अचानक स्वास्थ्यमा समस्या देखिएपछि प्रतियोगीलाई तुरुन्त अस्पताल भर्ना गरिएको थियो । करिब ३० वर्ष उमेरका ती पुरुष प्रतियोगिलाई बिहीबार बेलुकी ७ बजेतिर अस्पतालमा मृत घोषित गरिएको लस एन्जल्स काउन्टी कर्नरकी प्रवक्ता सारा अर्डालानीले जानकारी दिइन् ।

अहिलेसम्म ती प्रतियोगीको मृत्युको कारण भने बताइएको छैन ।

प्रतिक्रिया दिनुहोस्