यी हुन् बलिउडमा सर्वाधिक चर्चा कमाउन सफल विदेशी नायिकाहरु…



बलिउडमा यस्ता केही अभिनेत्रीहरु छन्, जो भारतको नभएर अन्य मुलुकबाट आएर पनि बलिउडमा आफ्नो राम्रो स्थान बनाउन सफल भएका छन् । अन्य मुलुकबाट आएर पनि भारतमा संघर्ष गरेर बलिउडमा राम्रो नाम बनाएका केही अभिनेत्रीबारे चर्चा गर्नेछौँ ।

कटरिना कैफ
कटरिना बलिउडकी सर्वाधिक चर्चित नायिका हुन् । उनी ब्रिटेनकी हुन् । तर कटरिनाले बलिउडमा निकै मेहेनत गरेर आफ्नो राम्रो स्थान बनाइसकेकी छिन् । कटरिनाले आफ्नो बोल्ड लुक्स र अभिनयका कारण दर्शकको मन जित्दै आएकी छिन् ।

ज्याकलिन फर्नान्डेज
ज्याकलिन पनि भारतमा जन्मिएकी होइनन् । उनी श्रीलंकामा जन्मिएर हुर्किएकी हुन् । ज्याकलिन बलिउडमा राम्रो कामका कारण चर्चित छिन् । उनले फिल्मको शुरुवात ‘अलादीन’ बाट गरेकी थिइन् । उनले अमिताभ बच्चन र रितेश देशमुखसँग पहिलोपटक स्क्रिन शेयर गरेकी थिइन् ।

मनिषा कोइराला
मनिषा ९० कि दशककी सर्वाधिक चर्चित नायिका हुन् । नेपालकी छोरी मनिषाले बलिउडमा निकै नै राम्रो नाम कमाएकी छिन् । पढाईको सिलसिलामा भारत जादाँ उनले बलिउडमा प्रवेश गरेकी हुन् ।

हेलेन
बर्मामा बस्ने अभिनेत्री हुन् हेलन । उनको पिताको मृत्युपछि उनकी आमाले ब्रिटिश सैनिक रिचर्डसनसँग विवाह गरिन् । तर दोस्रो विश्व युद्धपछि उनका सौतेनी पिताको पनि मृत्यु भयो । त्यसपछि जापानले बर्मामाथि कब्जा गर्यो र हेलनकी आमाले उनका परिवार लिएर मुम्बई गइन् ।

नरगिस फाक्रिन
नरगिसका पिता पाकिस्तानी हुन् भने आमा चेक रिपब्लिकका हुन् । उनले इम्तियाज अलीको फिल्म ‘रकस्टार’ बाट बलिउडमा कदम राखेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्