
बलिउडमा यस्ता केही महिला सेलिब्रेटीहरु छन्, जसले आफूहरु यौनहिंसाको शिकार भएको केहीसमय अघि खुलाएका थिए । आज हामी यहाँ यसैबारे चर्चा गर्नेछौँ ।
तनुश्री दत्ता
तनुश्री दत्ताले मिटु अभियानको समयमा यसबारे खुलासा गरेकी थिइन् । उनले अभिनेता नाना पाटेकरले यौनशोषण गरेको आरोप लगाएकी थिइन् ।
सोनम कपूर
चर्चित अभिनेत्री सोनम कपूरले पनि आफू यौनशोषणको शिकार भएको बताएकी छिन् । उनी १३ वर्षको हुँदा उनलाई एक व्यक्तिले गलत अभिप्रायले छुने कोशिस गरेका थिए ।
विपाशा बासु
विपाशाले पनि एकपटक चलचित्रको प्रमोशनको समयमा आफूमाथि यौनशोषण भएको बताएकी छिन् । उनीमाथि यौन शोषण गर्ने भने पक्राउ परिसकेका थिए ।
जायरा वसीम
बलिउडलाई बिधाई गरिसकेकी अभिनेत्री जायराले प्लेनमा यात्रा गर्ने क्रममा साथमा बसेका व्यक्तिले यौनशोषण गरेको आरोप लगाएकी थिइन् । उनको उक्त भिडियो निकै भाइरल भएको थियो ।
कल्कि कोचलिन
बलिउडकी चर्चित अभिनेत्री कल्कि कोचलिनले आफू यौन उत्पडिनको शिकार भएकी थिइन् । उनले आफू ९ वर्षकी हुँदा आफूले यौनहिंसा सहेको बताएकी थिइन् ।





