गाजाँ सेवन गर्ने गरेको स्वीकारेपछि आज भारती र हर्षलाई अदालतमा पेश गरिदैँ, के होला त अदालतको फैसला ?



हिजोमात्र कमेडियन भारती सिंहको घरमा एनसिबीले छापा मारेको थियो । छापा मार्दा भारती र हर्षको घरमा गाजाँ भेटिएको थियो । गाजाँ भेटिएपछि प्रहरीले हर्ष र भारतीलाई पक्राउ गरेको छ । अहिले पनि उनीहरुसँग सोधपुछ चलिरहेको छ । सोधपुछमा भारती र हर्ष दुवैले आफूहरुले गाजाँ सेवन गर्ने गरेको खुलाएका छन् ।

आज उनीहरु दुवै जनालाई अदालतमा पेश गरिदैँ छ । अदालतको फैसला के हुनेछ त्यो जान्नको लागि सबैको मन खुलदुल भैरहेको छ । भारती र हर्ष पक्राउ परेपछि राति नै भारतीकी आमा छोरीलाई भेट्न गएकी थिइन् तर प्रहरीले भारतीकी आमालाई उनीसँग भेट गर्न दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्