जब सारालाई भिखारी भनेर बाटो हिड्ने बटुवाले पैसा दिए…



बलिउड स्टार सैफअली खानकी छोरी साराअली खान बलिउडमा आफ्नो स्थान बनाउन मेहेनत गरिरहेकी छिन् । उनी अभिनीत केही चलचित्र रिलिज भैसकेका छन् । दर्शकले उनको अभिनयलाई रुचाइरहेका छन् । जसका कारण साराले राम्रो ब्यानरका चलचित्रमा काम गर्ने मौका पाइरहेकी छिन् ।

सारा असाध्यै धनी स्टारकिड हुन् । धेरैलाई थाहा होला कि उनी राजपरिवारबाट हुन् । त्यसैले पनि कुनै समयमा सारालाई कसैले भिखारी सम्झेर पैसा दिएका थिए भनेर सुन्दा सबैलाई अचम्म लाग्नु स्वभाविकै हो । यो कुराबारे साराले एक अन्तवार्तामा बताएकी थिइन् ।

उनी सानी छदाँ एकपटक आफ्ना आमाबुबा र भाईसँग घुम्न गएकी थिइन् । सैफ र अमृताले सारा र उनका भाईलाई बाटोमा छोडेर केही सामान किन्न गए र सारा बाटोमा नै नाच्न थालिन् । सारा नाचेको देखेपछि मान्छेहरु भटाभट जम्मा भएर सारालाई पैसा दिन थाले र साराले पनि पैसा लिइन् ।

जब अमृता पसलबाट आइन उनका सेवकले मानिसहरुलाई सारा क्युट लागेकोले पैसा दिएको बताए । त्यसपछि अमृताले भनिन् ‘क्युट होइन भिखारीजस्तो लागेर पैसा दिएका हुन् ।’ यो कुरा अहिले सम्झदाँ सारा आफूलाई निकै हाँसो लाग्ने बताउँछिन् । सारा अहिले एक्लै फ्ल्याट लिएर बसेकी छिन् । सैफ र साराकी आमा सन् २००४ मा छुट्टीएका थिए । अहिले सैफ करिनासँग विवाह गरेर उनैसँग रमाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्