
बलिउडकी सर्वाधिक चर्चित कमेडियन भारती सिंह र उनका पति हर्षले ड्रग्स लिने गरेको जानकारी पाएपछि एनसिबीले उनीहरुको घरमा आज छानबिन गरेको थियो । छानबिनको क्रममा भारती र हर्षको घरमा गाँजा भेटिएको भारतीय मिडियाले जनाएको छ ।
घरमा गाजाँ भेटिएपछि मुम्बई प्रहरीले भारती र हर्षलाई पक्राउ गरेको छ । थप जानकारी भने आएको छैन । यसअघि पनि ड्रग्स केसमा बलिउडका थुप्रै कलाकार मुछिसकेका छन् ।





