ड्रग्स केसमा फसे चर्चित कमेडियन भारतीका दम्पत्ति, एनसिबीले घरमै पुगेर गर्यो छानबिन



भारती सिंह बलिउडकी सर्वाधिक चर्चित कमेडियन हुन् । उनलाई दर्शकले असाध्यै रुचाउने गरेका छन् । अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यापछि एनसिबीले ड्रग्स केसबारे छानबिन सुरु गरेको थियो । जसमा धेरै बलिउडकर्मी मुछिए । शाहरुख खान, अर्जुन रामपाल, दिपिका पादुकोण, श्रद्धा कपुर, साराअली खान लगायतका कलाकारसँग एनसिबीले सोधपुछ गरिसकेको छ ।

यसैबिच भारतीय मिडिया अनुसार एनसिबीले हालैमात्र भारती र उनका पति हर्षको मुम्बईमा रहेको घरमा छानबिन गरेको छ । यसबारे अन्य जानकारी आइसकेको छैन । तर एनसिबीले यतिबेला भारतीको घरमा छानबिन गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्