वैवाहिक बन्धनमा बाधिए चर्चित सञ्चारकर्मी तथा निर्देशक सुरेश दर्पण पोखरेल, बधाई दिनेको ओइरो



चर्चित सञ्चारकर्मी तथा चलचित्र निर्देशक सुरेश दर्पण पोखरेलले लगनगाठो कसेका छन् ।

उनले बिराटनगर निवासी निशा कार्कीसँग मंसिर ५ गतेका दिन विवाह गरेका हुन्। पेशाले नर्स रहेकी निशासँग सुरेश विगत १ बर्षदेखि प्रेममा थिए । कोरोनाको महामारी भएका कारणले सुरेशको विवाहमा कमै आफन्त उपस्थित भएका थिए । फिल्म क्षेत्रबाट भने दिलीप रायमाझी मात्र गएका थिए ।

यतिबेला सामाजिक सञ्जालमा सुरेश र निशालाई बधाई दिनेको ओइरो नै लागेको छ ।

प्रतिक्रिया दिनुहोस्