केहीसमय अघि चक्कु प्रहार गरिएकी अभिनेत्रीलाई निको नहुदैँ फेरि आयो हत्याको धम्की



केहीसमय अघि टेलिभिजन जगतकी चर्चित अभिनेत्री मालवी मल्होत्रामाथि चक्कु प्रहार गरी उनलाई मार्ने कोशिस गरिएको थियो । उनीमाथि उनकै मित्र योगेश महिपाल सिंहले आक्रमण गरेका थिए ।

चक्कु प्रहार भएपछि मालवीलाई अस्पताल भर्ना गरिएको थियो । अहिले फेरि उनी निको नहुदैँ उनलाई ज्यान मार्ने धम्की आइरहेको छ । उनले यस विषयमा मुम्बइ पुलिसलाई जानकारी गराउँदै सुरक्षा मागेकी छिन् ।

एक भारतीय अखबारसँग कुरा गर्दै मालवीले धम्की १८ नोभेम्बरका दिन दिइएको बताएकी छिन् । डाक्टरको सल्लाहअनुसार हल्का हिँडडुल गर्नको लागि बेलुकी मातापितासँग बाहिर निस्किएकी मालवीलाई मोटरसाइकल सवार एक व्यक्तिले धम्की दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्