अभिनेताकी श्रीमतीको कारण चलचित्रबाट निकालिएकी थिइन् तापसी, गरिन् यस्तो खुलासा…



तापसी पन्नु बलिउडकी चर्चित नायिका हुन् । साउथबाट आएकी यी अभिनेत्रीले बलिउडमा पनि राम्रो चर्चा बटुलिरहेकी छिन् । उनै तापसीले एक अन्तवार्तामा आफ्नो करियरको सुरुवाती दिनहरुबारे बताएकी थिइन् । उनी बलिउडमा संघर्ष गरेर भित्रिएकी हुन् । सुरु सुरुमा यस क्षेत्रमा आउँदा उनलाई अभिनेताको श्रीमतीको कारण चलचित्रबाट हटाइएको थियो ।

तापसीसँग काम गर्न अभिनेताकी पत्नीले नदिएपछि उनलाई चलचित्रबाट नै निकालिएको थियो । त्यसबेला तापसीलाई निकै नै नरमाइलो लागेको थियो ।

त्यतिमात्र नभएर तापसीले एक पटक फिल्म डभिङ गरिरहेकी थिइन् । फिल्म डभिङको क्रममा अभिनेतालाई फिल्मको डाइलग मन परेन । अभिनेताले डाइलग परिवर्तन गर्न आग्रह गरे । तर तापसीले नमानेपछि उनको डाइलग डब गरेर उनलाई हटाइयो ।

प्रतिक्रिया दिनुहोस्